Motivate News

अमेरीका निवासी गुन्जनको ‘माया कस्तो लाएँ’ गीत चर्चामा (हेर्नुस् भिडियो)

काठमाडौँ – अमेरीकामा बस्दै आएकी गुन्जन उपाध्यायको आवाजमा ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्

सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्गको अभिनय रहेको छ । जेङ चिनियमा मोडल हुन् । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

गुन्जन उपाध्याय बाल्यकालदेखि नै आफ्नो बाबा तुंगनाथ उपाध्यायबाट संगीत सिक्दै आएकी हुन् । तुंगनाथ नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् ।

नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्याय द्वारा स्थापित ’प्रस्तार’ समूहको अभ्यास काठमाडौंको मालीगाउँ स्थित आफ्नै निवासमा हुने भएकाले सानै उमेरदेखि वरीष्ठ गुरुहरूको गायन , वादन सुनेर हुर्किन् र उनी भित्र पनि संगीतको बिउ रोपिन पुग्यो । शाष्त्रिय संगीत सिक्दा सिक्दै गुन्जन अमेरीका पुगिन् तर पनि संगीत आफू भित्र रहेको कारण उनले माधुरी ताइ , अर्चना देशपाण्डे लगायतका गुरुबाट पनि केहि समय गायन सिक्ने मौका पाइन् ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्