Motivate News

आजको राशिफल

 

पौष १, काठमाडाैं –

मेष– आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ ।

वृष– स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला ।

मिथुन– चल हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् ।

कर्कट– अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ ।

सिंह– काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ ।

कन्या– कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ ।

तुला– विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ ।

वृश्चिक– रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

धनु– अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

मकर– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ ।

कुम्भ– आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

मीन– सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला ।

01 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:51 देखि 10:51 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

01 गते राहु काल बेलुका 3:49 देखि 05:06 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

01 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

01 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

01 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

प्रतिकृया दिनुहोस्