Motivate News

सफलताका लागि प्रेरणा कार्यक्रमकोे २० औँ संकरण आज बुटवलमा, २ हजार यूवा सहभागी हुँदै

पौष ५ काठमाडौँ – सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणमा लागि लागिरहेको मोटिभेट गु्रप अफ कम्पनीद्धारा संचालित मोटिभेट न्यूज डटकमको कार्यक्रम सफलताका लागि प्रेरणाको २० औँ संकरण आज प्रदेश नम्बर ५ को शहर बुटवलको  आम्रपाली कटेजमामा आयोजना  हुँदैछ । विहान ८  देखि सुरु हुने कार्यक्रममा २ हजार भन्दा बढी यूवाको सहभागिता रहनेछ ।

कार्यक्रममा  चर्चित उत्प्रेरक बक्ताहरुले सहभागिलाई उत्प्रेरित गर्नुहुनेछ । कार्यक्रममा चर्चित उत्प्रेरक वि.के शर्मा र दृष्टिविहिन उत्प्रेरक बक्ता सृष्टि के.सीले सहभागि यूवाहरुलाई उत्प्रेरित गर्नु हुनेछ  ।

२०७३ साल फागुन ४ गतेदेखि सुरु भएको यात्रा आजसम्म आई पुग्दा मोेटिभेटले देशका मुख्य शहरहरुमा यस्ता १९ ओटा कार्यक्रम सम्पन्न गरिसकेको छ । काठमाडौँमा आठ ओटा संकरण, नेपालगंजमा दुई ओटा संस्करण, पोखरा, हेटौडा, विरगंज, बनेपा, भक्तपुर, कालिकाटको रास्कोट र पलाँतामा यस्तै खालका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो कार्यक्रमबाट करिव ३० हजार यूवाहरु लाभाम्वित भईसकेका छन् । आजको कार्यक्रममा विभिन्न  कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्