Motivate News

सफलताका लागि प्रेरणा कार्यक्रमको २० औँ संस्करण भव्यताका साथ सम्पन्न

पौष ५ बुटवल – सफलताका लागि प्रेरणा कार्यक्रमको २० औं संस्करणको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पाँचको राजधानी बुटवलमा सम्पन्न कार्यक्रममा १२ सय बढि यूवाहरुको सहभागिता रहेको थियो ।

विहान ८ देखि सुरु भएको कार्यक्रमको पहिलो सिफ्ट विहना १० : ३० बजे सम्म चलेको थियो भने विहान ११ः ३० बाट सुरु भएको दोश्रो सिफ्टको कार्यक्रम २ : ३० बजेसम्म संचालन भएको थियो । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले यूवाहरुलाई जिन्दगीमा सफलताका लागि चाहिने महत्वपूर्ण टिक्सहरु बाँढ्दै उत्प्रेरित गर्नुभएको थियो भने दृष्टिविहिन उत्प्रेरक बक्ता सृष्टि के.सीले आफ्ना अनुभवहरु सुनाउँदै मोटिभेट गर्नुभएको थियो ।

२०७३ साल फागुन ४ गतेदेखि सुरु भएको यात्रा आजसम्म आई पुग्दा मोेटिभेटले देशका मुख्य शहरहरुमा यस्ता १९ ओटा कार्यक्रम सम्पन्न गरिसकेको छ । काठमाडौँमा आठ ओटा संकरण, नेपालगंजमा दुई ओटा संस्करण, बनेपामा दुई ओटा संस्करण, पोखरा, हेटौडा, विरगंज, भक्तपुर, कालिकाटको रास्कोट र पलाँतामा यस्तै खालका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो कार्यक्रमबाट करिव ३० हजार यूवाहरु लाभाम्वित भईसकेका छन् । कार्यक्रम दोश्रो दिन शुक्रबार पनि जारी रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्