Motivate News

आइसिसी वरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

पौष ९, काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।

यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५ औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१ औँ स्थानका पारस नयाँ वरियतामा ४२ औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४ औँ स्थानमा यथावत छन् । अघिल्लो महीना उनी ६४ औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४ औँ र ९२ औँ स्थानमा छन् ।

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौंथा वेष्ट इण्डिजका इभान लेविसे र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् ।
रासस

प्रतिकृया दिनुहोस्