Motivate News

वीरगञ्जपब्लिक कलेजको दीक्षान्त समारोह सम्पन्न

वीरगञ्ज क्षेत्रकै प्रतिष्ठित कलेज वीरगञ्जपब्लिक कलेजको दीक्षान्त समारोह शनिवार वीरगञ्जको होटल भिष्वामा भव्यता पुर्वक सम्मन्न भएको छ ।प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३१ जना विधार्थीहरुलाई दिक्षीत गरिएको थियो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरूको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्ष दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताउनुभयो ।

उहाँले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी दिनुभयो ।
वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमबीए, एमबीएस, बीबीए, बीबीएस उत्तीण गरेका १३१ जना विद्यार्थीलाई मुख्यमन्त्री गद्दीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दीक्षान्त समारोह २०१८ को उपाधि दिने क्रममा प्रमुख अतिथी राउतले सम्पुर्ण दीक्षीत विधार्थीहरुलाई चरणबद्ध रुपमा उपाधि हस्तान्तरण गर्दै सामुहिक रुपमा सपथ ग्रहण गराएका वाचन शब्दहरु सीफारीस गरिए बमोजिम तपाईलाई उपाधि गरिएमा के तपाई आफनो दैनीक जिवन र क्रियाकलापमा यस कलेजको मर्यादालाई सर्वोपरि राख्ने गरी व्यवहार गर्छु भनी प्रतिज्ञा गराउँदै सपथ ग्रहण गराउनु भएका थिए । दीक्षान्त समारोहमा समाजसेवी, उद्योगपति, राजनीतीक दल र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्