Motivate News

वाइडबडी प्रकरणबारे देउवाले भने : मन्त्रीलाई कारबाहीको लागि सिफारिस गरिएको मलाई थाहा छैन

पौष २०,मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा कुनै मन्त्रीलाई कारबाहीको लागि सिफारिस गरिएकोबारे आफूलाई थाहा नभएको बाताएका छन ।

सार्वजनिक लेखा समिति आफैँले कारबाही नगर्ने भएकाले ‘कारबाही गर्ने सरकारले कुनै मन्त्रीलाई कारबाही गर्ला’ भन्ने आफूलाई नलागेको सभापति देउवाले बताए । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले सार्वजनिक लेखा समितिले कुनै मन्त्रीलाई कारबाहीको सिफारिस गरेको भन्ने आफूलाई नलागेको बताएका हुन । ‘समितिले कुनै मन्त्रीको नाम लिएको छ भन्ने मलाई थाहा छैन’, देउवाले भने,  ‘छानबिन गर्न खोजेको भए छानबिनको विषय ठिकै हो ।’

प्रतिकृया दिनुहोस्