Motivate News

आजको राशिफल

 

पौष २१, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल पुस २१ गते। शनिबार। इश्वी सन् २०१९ जनवरी ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– औंसी, ३०:१३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– मूल, १५:२१ बजेउप्रान्त पूर्वाषाढा। योग– ध्रुव, २६:४१ बजेउप्रान्त व्याघात। करण– चतुष्पद, १७:३० बजेदेखि नाग, ३०:१३ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा गद योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २५ घडी ५९ पला। औंसी। स्नान–दान गर्ने, हलो बार्ने औंसी। विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण, वेत्रावती आदि तीर्थक्षेत्रमा स्नान-दान तथा श्राद्ध। गया मौनी तथा पौषी औंसी।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
वृष– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगति होला ।
मिथुन– दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट– दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।
सिंह– कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।
कन्या– बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त होला ।
तुला– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
वृश्चिक– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।
धनु– जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
मकर– ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ ।
कुम्भ– शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
मीन– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

21 गते बिशेष काम गर्ने राम्रो समय दिउसो 12:59 देखि 1:59 सम्म छ, यो समय गुरु होराको हो । अनि केहि समय शुभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

21 गते राहु काल बिहान 09:34 देखि बिहान 10:51 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

21 गते तिलभात मास चौलानी पानि वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

21गते कुनै बिशेष यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

21 गते साहित जुरेका कामहरु बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

प्रतिकृया दिनुहोस्