Motivate News

पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री अधिकारी भने जहाज खरिदमा मेरो कुनैपनि संलग्नता छैन

पौष २३, काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्  ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे साथै  छानबिन गर्न गठित समितिलाई आफूले सक्दो सहयोग गर्ने पनि बताएका छन्  ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको र त्यसमा मन्त्रीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता नभएको बताएका हुन्  ।

२०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र  आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरीत भुक्तानी रोक्न सक्ने अवस्था नभएको उनले प्रष्ट पारे । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उनको भनाइ छ ।

‘जहाज खरिदमा मेरो कुनै संलग्नता छैन, तर विभागीय मन्त्री भएकाले कन्सर्न रहन्छ । छनबिन गर्न अख्तियारप्राप्त सबैलाई आग्रह छ’ उनले भने  ।

दोषी उम्कन नपाउन, निर्दोषलाई बदनियतपुर्वक नहेरियोअस संसदीय समितिका नाममा बिकास रोक्ने काम नहोस भन्ने पनि उनले  कामना गरे । अनुमान र पुर्वाग्रहका आधारमा आफूलाई मुछिएको भन्दै उनले दुःख व्यक्त गरे  ।

प्रतिकृया दिनुहोस्