Motivate News

भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

पौष २५ , काठमाडौँ – भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सल्लाघारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पछाडी सवार व्यक्ति भने गम्भिर घाइते भएका छन् ।

भक्तपुरको चाँगुनारायण बस्ने २९ वर्षीय शहिद तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा गएराति सवा १ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २७ वर्षीय शेखबहादुर तामाङको भने सोही अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे १२ बजे सल्लाघारी चोक नजिकै तामाङद्वय सवार बा९४प  ७१७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएको थियो ।

प्रतिकृया दिनुहोस्