Motivate News

आइपिएल क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने

पौष २५ , काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने भएको छ । आम चुनावका कारण यो वर्षको आइपिएलको मिति तथा स्थान परिवर्तन गर्नु पर्ने अड्कल भइरहेका बेला प्रतियोगिता भारतमै हुने तय भएको हो ।

यस्तै आउँदो मार्च २३ देखि सुरु हुने अपेक्षा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार केन्द्र तथा प्रदेशका अधिकारीसँगको छलफलपछि प्रतियोगिता भारतमै हुने तय भएको जानकारी दिएको छ ।

आइपिएल प्रतियोगिता मार्च २३ देखि सुरु गर्ने प्रस्ताव पनि भएको बिसिसिआईले जनाएको छ ।

यसअघि दुईपटक आम चुनावका कारण आइपिएल भारत बाहिर भएको थियो । सन् २००९ मा आइपिएल दक्षिण अफ्रिकामा भएको थियो भने सन् २०१४ मा केही खेल संयुक्त अरब इमिरेट् (युएई) मा भएका थिए ।

प्रतिकृया दिनुहोस्