Motivate News

सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति ‘आरोहण’ को विरोध

माघ ४ काठमाडौँ – ‘आरोहण’ ले सार्वजनिक सरोकारका विषयमाथि सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति विरोध कार्यक्रम आयोजना गरेको छ । केशवराज खड्काको  संयोजकत्वमा भएको सो कार्यक्रममा देशका जल्दाबल्दा समस्याहरु, सरकारले नसुने झैं गरेको जनसरोकारका विषयहरु र ती विषयहरुमा सरकारले देखाएको गैरजिम्मेवारपूर्ण भुमिकाबारे विरोध गरिएको थियो।

वसन्तपुर डबलीमा कोणसभालाई सम्बोधन गर्दै जंगी निशानले हामीसंग भएका स्रोत र साधनको उपयोग नभएको, सरकारी कर्मचारी समायोजन र व्यवस्थापन, शिक्षा र पाठ्यक्रम, एनजीओ आइएन्जीओले निम्त्याएको विकृति, धर्मसंस्कृती माथिको प्रहार लगायतका विषयमा सरकार गैरजिम्मेवार रहेको र सोही कारण जनताले आवाज उठाउन र प्रतिपक्षको भुमिका निर्वाह गर्न बाध्य भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रम संयोजक केशवराज खड्काले यो कार्यक्रम सम्पूर्ण जनताको कार्यक्रम भएको र चिस्सिइरहेको जागरुकतालाई तताउन आगो बाल्ने प्रयास भएको बताए  ।

सबै परिवर्तनका पृष्ठभूमिमा महिलाको हात भएको भएपनि फिल्डमा महिलाको उपस्थिती कमजोर रहेको बताउँदै घमा भट्टराईले मुलुक प्रतिको अगाध प्रेमले नै यस्ता कार्यक्रम जन्माउने प्रष्ट पारे  ।

कुनै समूह संगठन नबनाइकन केवल जनताको आवजलाई माथिल्लो स्थानमा पुर्याउने र राजनैतिक गतिविधिप्रति जनचासो शसक्त छ भन्ने आवाज उठाउन पनि यो कार्यक्रम गर्न लागिएको बताइएको छ।

कार्यक्रममा विभिन्न पद प्रतिष्ठाका व्यक्तिहरु, प्राज्ञिक व्यक्तित्व, बहालवाला कर्मचारी, सेवानिवृत्त कर्मचारी साथै युवाहरुको ठूलो उपस्थित रहेकोे थियोे। वसन्तपुरबाट कोणसभाले मौन जुलुस को स्वरुप लिई इन्द्रचोकमा पुगेर समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्