Motivate News

चलचित्रमा सफलता हात पार्दै भुर्तेल

काठमाडौं । निर्देशक बेदप्रसाद भुर्तेलको ‘इन्काण्टर अफिसर’ प्रदर्शनमा नआउँदै ‘नदेखिएको जात’ बन्ने भएको छ । नदेखिएको जातको केही दिनपछि छायांकन पनि सुरु हुँदैछ ।

अन्तरजातीय विवाहपछि उत्पन्न भएका सामाजिक उत्पीडनलाई केन्द्रित रहेर बन्न लागेको नेपाली चलचित्र ‘नदेखिएको जात’ निर्माण गर्नुअघि भुर्तेलले चलचित्र ‘संजोग’, ‘मनशा’, ‘बुलेट’, ‘कुर्बान’ र ‘इन्काण्टर अफिसर’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।
नेपाल अझैं पनि केही जातिहरु जातीय उत्पीडनको जातोमा घुन पिसिएझै भइरहेका छन् । तीनै उत्पीडित जातीको नाममा ब्रम्हलुट मच्चिएकै छ । राजनीति भएकै छ । सोही विषयलाई समेटेर ‘नदेखिएको जात’ बन्न लागेको हो ।

भोगाई अरुका लागि कथा पनि हो । एउटाको भोगाई अरुले देख्ने हो, सुन्ने हो र ममन गर्ने हो । यस्तै एउटा अनौठो भोगाईका पात्र भुर्तेल स्वयम् आफैं हुन् । जसको भोगाई पर्दामा देखिने कथाझै बनेको छ । चलचित्र ‘नदेखिएको जात’ लाई भुर्तेलले नै निर्देशन गर्दैछन् ।
‘नदेखिएको जात’ मा समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विषय समेटिने छ । बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले ‘रहर कहाँ छ र प्रिय’ र ‘सिरिरिर बतासै सररर’ बोलको गीतको संगीत गरिसकेका छन् भने बाँकी दुई वटा गीतको पनि श्रेष्ठले नै संगीत गर्ने छन् ।

प्रतिकृया दिनुहोस्