Motivate News

दि नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको अष्ट्रेलिया शैक्षिक मेला शनिवार, सहभागीलाई अफरै अफर

काठमाडौ –  उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको दि नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया शैक्षिक मेलाको आयोजना गरेको छ ।

शनिवार होटल अन्नपूर्णमा विहान ९ बजेदेखि सुरुहुने शैक्षिक मेलामा दुई दर्जन विश्वविद्यालयहरुको सहभागिता रहने छ । अष्ट्रेलियन शिक्षालाई प्रवर्धन गर्दै आएको दि नेक्स्ट एजुकेशनले विद्यार्थीहरुले आवेदन दस्तुर, बिभिन्न किसिमका छात्रवृत्ति र अन्य फर्स्ट ह्याण्ड ईन्फरमेसन दिनका लागि मेलाको आयोजना गर्न लागिएको हो ।

मेलाको माध्यमबाट विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गरिने दि नेक्स्ट एजुकेशनले जनाएको छ ।

साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्न छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागत लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने प्रयोजनका लागि उक्त मेलाको आयोजना गरिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्