
काठमाडौं । खानेपानी मन्त्री बिना मगर सोमबार साँझ अस्पताल भर्ना भएकी छिन्। रूघाखोकी र भाइरल ज्वरोले च्यापेपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरू अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ।
मन्त्री मगरको स्वास्थ्यमा केही दिनदेखि बिसञ्चो भए पनि उनी नियमित काम गरिरहेकी थिइन् ।