Motivate News

काठमाडौंमा वर्षा, चिसो बढ्यो

माघ ९, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मंगलबार रातिदेखि नै पानी परेको छ । काठमाडौं उपत्यकामा अहिले पनि पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पश्चिमी क्षेत्रमा सोमबारदेखि नै प्रभाव थियो र पानी परेको थियो । मंगलबार राति पानी पर्ने प्रणालीको प्रभाव मध्य क्षेत्रमा परेको हो । अहिले पूर्वसम्म पनि पुग्दैछ । पूर्वमा अहिले मौसम बदली छ र दिउँसो पानी पर्ने देखिएको छ ।’

यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस्