Motivate News

चिकित्सा शिक्षा विधेयक जसरी पनि पास हुन्छ : मन्त्री बास्कोटा

 

माघ १०, काठमाडौं – सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । साथै संसदबाट यो पास गरिछाड्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रष्ट पारेका छन् ।

पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

डा। केसीले विधेयक जनतामुखी, विद्यार्थीमुखी भएन भनेर सांसदहरुलाई लेखेको पत्रतर्फ संकेत गर्दै उनले ‘हावामा तरबार चलाएर निशाना नलाग्ने’ बताए ।

सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्