Motivate News

एक दिवशीय क्रिकेटः नेपाल युएईसँग तीन विकेटले पराजित

माघ ११, काठमाडौं– तीन एकदिवशीय क्रिकेट शृंखला अन्तर्गत पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ। नेपालले दिएको एक सय १४ रनको लक्ष्य पछ्याएको युएईले ३२ दशमलव एक ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

युएईलाई जित दिलाउन आठौं नम्बरमा आएका ब्याट्सम्यान अमिर हायतले नटआउट २४ रनको योगदान गरे । उनलाई इम्रान हाइडरले दरिलो साथ दिए। उनले १८ रन जोडेपछि संकटमा परेको युएई सम्हालिन सफल भयो । युएईका लागि गुलम सविरले ३० र सिमान अनवारले ११ रन जोड्नु बाहेक अन्यले दाहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले सम्मान दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए। बलिङतर्फ राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङ कमजोर हुँदा पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका चार जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा जोड्न सके।

सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। पारस खड्काले २०, सन्दीप लामिछानेले १५ र आरिफ शेखले २५ रन बनाए।

यूएईका बलर मोहम्मद नाविद र अमिर हायातले तीन तीन तथा इमरान हैदरले दुई विकेट लिए। नेपालले ३३ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय १३ रनमात्र जोड्न सक्यो।

यूएईका बलर मोहम्मद नाविद र अमिर हायातले तीन तीन तथा इमरान हैदरले दुई विकेट लिए। नेपालले दोश्रो खेल शनिबार खेल्दैछ ।

प्रतिकृया दिनुहोस्