Motivate News

नेपालद्धारा युएइलाई २४३ रनको चुनौती

माघ १२, काठमाडौं–  युएइमा जारी एकदिवशीय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले युएइलाइ २४३ रनको चुनौती दीएको छ । पुरा ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले २४२ रन पुरा गरेको हो ।

टस जितेर ब्याटीङ्ग गरेको नेपालका लागी रोहित कुमार पौडेलले सर्वाधिक ५५ रन जोडे । यस्तै हिजोको खेलमा शुन्यमै आउट भएका उपकप्तान ज्ञानेन्द्र मल्लले आज ४४ रनको योगदान दिए । नेपालका लागी आरीफ शेखले २९ कप्तान पारस खड्का र बिनोद भण्डारीले समान २१ रन बनाए । यस्तै करण केसीले १८ तथा दिपेन्द सिंह ऐरिले १० रन जोडे ।

नेपालका अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । अहिले युएइले ब्याटिङ्ग गरीरहेको छ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले हिजो भएको पहिलो एक दिवसीय खेलमा यूएइसंग तीन विकेटले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्