Motivate News

आजको राशिफल

माघ १३ काठमाडौं– पञ्चाङ्ग -वि.सं. २०७५ साल माघ १३ गते। आइतबार। इश्वी सन् २०१९ जनवरी २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, २०:५७ बजेउप्रान्त अष्टमी। नक्षत्र– चित्रा, २०:१४ बजेउप्रान्त स्वाती। योग– धृति, १५:१७ बजेउप्रान्त शूल। करण– भद्रा, ९:३८ बजेदेखि वव, २०:५७ बजेउप्रान्त वालव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कन्या, ८:३६ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी ४९ पला। रवि–सप्तमी व्रत। द्विपुष्कर योग २०:१४ बजेसम्म।

मेष– काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ ।
वृष– सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।
मिथुन– दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कर्कट– प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ .
सिंह– काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।
कन्या– भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
तुला– धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
वृश्चिक– आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।
धनु– काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।
मकर– दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।
कुम्भ– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला ।
मीन– अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

13 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:57 देखि 10:57 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

13 गते राहु काल बेलुका 04:16 देखि 05:36 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

13 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

13 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

13 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

प्रतिकृया दिनुहोस्