Motivate News

यस्तो छ आजको राशिफल

माघ १४, काठमाडौं – वि.सं. २०७५ साल माघ १४ गते। सोमबार। इश्वी सन् २०१९ जनवरी २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– अष्टमी, १९:५३ बजेउप्रान्त नवमी। नक्षत्र– स्वाती, १९:४८ बजेउप्रान्त विशाखा। योग– शूल, १३:०७ बजेउप्रान्त गण्ड। करण– वालव, ८:२२ बजेदेखि कौलव, १९:५३ बजेउप्रान्त तैतिल। आनन्दादिमा छत्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २६ घडी ५२ पला। अष्टमी व्रत। गोरखकाली पूजा।

मेष– विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ ।
वृष– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ।
मिथुन– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ ।
कर्कट– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् ।
सिंह– सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ
कन्या– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
तुला– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
वृश्चिक– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।
धनु– प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ।
मकर– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ ।
कुम्भ– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।
मीन– पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ ।

14 गते को बिशेष काम गर्ने राम्रो समय दिउसो 01:57 देखि 02:57 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

14 गते राहु काल बिहान 08:17 देखि 9:37 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

14 गते खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

14 गते कुनै बिशेष यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

14 गतेका लागि सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ /

प्रतिकृया दिनुहोस्