Motivate News

कल्पना रेग्मीको मार्मिक लोकदोहोरी गीत ‘भुल्दै भुल्दै जानु’ (भिडियोसहित)

काठमाडौं – सञ्चारकर्मी तथा गीतकार कल्पना रेग्मीको शब्दमा मार्मिक लोकदोहोरी गीत ‘भुल्दै भुल्दै जानु’ सार्वजनिक भएको छ।

रामचन्द्र चन्दको लय र बि.बि. अनुरागीको एरेन्ज रहेको यो गीत लोकप्रिय गायिका विष्णु माझी र गायक रामचन्द्र चन्दको आवाजमा सजिएको छ। यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ् गरेका हुन् भने पृज्म डिजिटलमा रेकर्ड गरिएको हो।

गायक, सर्जक तथा निर्देशक हुम गैरेको निर्देशन र सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा लीला गिरी, धिरज खत्री र रविन शाहको मर्मस्पर्शी अभिनय रहेको छ भने म्युजिक भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन्।

विशाल मुभिज प्रा.लि.ले दृष्य निर्माण गरेको यस गीतलाई शैली क्रियशन प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो। शैली क्रियशनको आफ्नै युट्युब च्यानल मार्फत यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्