Motivate News

न्युजिल्याण्डविरुद्द भारतको लज्जास्पद ब्याटिङ , ९२ रनमै भयो अल आउट

माघ १७, काठमाडौँ – भारत र न्युजिल्याण्डबीच जारि पाँच खेलको एकदिवसीय सिरिज अन्तर्गत जारि चौथो खेलमा पाहुना टोलि भारतले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ ।

घरेलु टोलि न्युजिल्याण्ड बिरुद्द टस हारेर पहिला ब्याटिङ गरेको भारतले अन्तिम ७१ रङ जोड्दा १० विकेट गुमाएको हो । न्युजिल्याण्ड बिरुद्द रोहित शर्माको कप्तानीमा उत्रिएको भारतले २१ रनको अवस्थामा ओपनर शिखर धवनलाई १३ रनको ब्याक्तिगत स्कोरमा गुमाएको भारत ३१ औ ओभरमा मात्र ९२ रनमा अलआउट भएको हो ।

भारतको लागि ब्याटिङमा युजबेन्द्र चहलले सर्वाधिक १८ , हार्दिक पाण्डेले १६ , कुलदेव यादवले १५ र शिखर धवनले १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहरो अंकको आकडा समेत छुन सकेनन ।

भारतको ब्याटिङ लाइन धोस्त पार्न बलिङतर्फ न्युजिल्याण्डका ट्रेन बोल्टले सर्वाधिक ५ , कोलिन डेले ३ र टोड अस्ते र जेम्स निशमले समान १-१ विकेट लिएका थिए ।

भारत नियमित कप्तान विराट कोहली र राम्रो फर्म रहेका पुर्व कप्तान महेन्द्र सिह धोनी बिनै मैदान उत्रिएको थियो ।

पाँच खेलको सिरिजमा पाहुना टोलि भारतले यस अघि नै सिरिज ३-० ले कब्जा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्