Motivate News

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ २० काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको हो ।

शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको सञ्चालक समितिका सदस्य अरबिन्द अग्रवालले देश सञ्चारलाई जानकारी दिए ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको जनाएको छ ।

मूल्य बढाएसँगै निगमलाई आगामी १५ दिनमा एक अर्वभन्दा बढि फाइदा हुनेछ ।

प्रतिकृया दिनुहोस्