Motivate News

सरकार निरंकुशतातर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसले आज  देशभर विरोध प्रदर्शन गर्दै

माघ २१ काठमाडौँ – सरकार अधिनायकवादी बनेको भन्दै नेपाली कांग्रेसले आज  देशभर विरोध प्रदर्शन गर्दैछ । निरंकुशतातर्फ अघि बढेको सरकारलाई सच्याउन भन्दै कांगेसले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, पूर्व प्रधानमन्त्रीद्वय गिरिजा प्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षको हैसियतको वास्ता नगरेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।

कांग्रेसले सदनमा सत्तापक्षले प्रतिपक्षसँग देखाएको व्यवहारको बदला सडकबाट लिने चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस्