Motivate News

आजको राशिफल

माघ २३ काठमाडौं – वि.सं. २०७५ साल माघ २३ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, २९:५६ बजेउप्रान्त तृतीया। नक्षत्र– धनिष्ठा, ८:०५ बजेउप्रान्त शतभिषा। योग– वरियान्, ९:१४ बजेउप्रान्त परिघ। करण– वालव, १६:५३ बजेदेखि कौलव, २९:५६ बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी २२ पला। पञ्चक।

मेष– परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ।
वृष– विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ।
मिथुन– अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्।
कर्कट– दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्।
सिंह– लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ।
कन्या– धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ।
तुला– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ।
वृश्चिक– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ।
धनु– नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ।
मकर– व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ।
कुम्भ– प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ।
मीन– स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ।

बिशेष काम गर्ने राम्रो समय दिउसो 02:52 देखि 03:52 सम्म छ यो समय चन्द्र होराको हो ।

राहु काल मध्यान्न 12:18 देखि दिउँसो 1:39 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम

प्रतिकृया दिनुहोस्