Motivate News

बढुवामा असन्तुष्टी जनाउँदै अपराध महाशाखाका एसपी उप्रेतीले दिए राजिनामा

माघ २७, काठमाडौं– एसपीबाट एसएसपी बढुवामा असन्तुष्टी जनाउँदै एसपी नरेन्द्रप्रसाद उप्रेतीले राजिनामा दिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले राजिनामा दिएको नेपाल लाइभलाई जानकारी दिए । उनले प्रहरी प्रधान कार्यालयमा राजिनामा बुझाएका छन् ।

उनले बढुवामा असुन्तष्ट भएकाले राजिनामा दिएको बताए पनि त्यहाँ बढी बोल्न चाहेनन् । प्रहरी प्रधान कार्यालयले शनिबार राति मात्रै १४ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

जसमा आफूभन्दा जुनियर बढुवामा परेको तर आफू नपरेको भन्दै उनले आपत्ति जनाउँदै राजिनामा दिएका हुन् ।

उप्रेति भन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर थिए । उप्रेती प्रहरी रत्न पुरस्कारबाट समेत पुरस्कृत प्रहरी अधिकृत हुन्

प्रतिकृया दिनुहोस्