Motivate News

यस्तो छ आजको राशिफल

माघ २९, काठमाडौँ – वि.सं. २०७५ साल माघ २९ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– सप्तमी, ११:०४ बजेउप्रान्त अष्टमी। नक्षत्र– भरणी, १७:५४ बजेउप्रान्त कृत्तिका। योग– शुक्ल, ७:५५ बजेदेखि ब्रह्म, ३०:२६ बजेउप्रान्त ऐन्द्र। करण– वणिज, ११:०४ बजेदेखि भद्रा, २२:५५ बजेउप्रान्त वव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष, २३:५७ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ४४ पला। अचला सप्तमी। रथ सप्तमी। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। लगला चुयके। मन्वादि। सर्वार्थसिद्धि योग २२:५५ बजे प्रारम्भ।

मेष– सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।
वृष– विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
मिथुन– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ ।
कर्कट– सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
सिंह– दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
कन्या– मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।
तुला– बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
वृश्चिक–र् खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
धनु– धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ ।
मकर– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ ।
कुम्भ– पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।
मीन– पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 10:48 देखि 11:48 सम्म छ, यो समय गुरु होराको हो र केहि लाभ बेला, केहि अमृत बेला र केहि अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा, बेला, मुहुर्तहरु सबै शुभ कामका लागि राम्रो मानिन्छन

राहु काल दिउँसो 03:.03 देखि 04:26 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

काजु गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने दिशा शूल, वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ ।

कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम,

प्रतिकृया दिनुहोस्