Motivate News

नेबिसंघका अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा

माघ २९, काठमाडौँ – नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघका अध्यक्ष  नैनसिंह महरले राजीनामा दिएका छन्।

महरले सोमबार पत्रकार सम्मेलन गर्दै पदबाट राजिनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।  राजीनामा दिँदै महरले महाधिवेसन सम्पन गराउन तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताए ।

नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गरेका श्रोतको भनाइ छ । उनले राजीनामा दिनु अगाडि नेविसंघ केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए ।

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो ।

नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।

प्रतिकृया दिनुहोस्