Motivate News

यस्तो देखियो प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहको” दीक्षान्त समारोह (फोटोफिचर)

माघ २९, काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहको” दीक्षान्त समारोह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

समारोहमा प्रमुख अतिथिले समारोहमा प्रधानमन्त्री ओलीले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गर्नुका साथै प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘प्रेरणा २०७५’ को लोकार्पण गरेका थिए । पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम तथा अध्ययन प्रथम हुने कमल क्षेत्री, सर्वद्वितीय कुशराम कार्की, सर्वतृतीय विष्णुबहादुर बस्नेत, कवाज प्रथम सुशिल थापा, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रदिप सुवेदी, चाँदमारी प्रथम शेखरकुमार साह रहेका छन् । साथै यसै अवसरमा सम्माननीय प्रधानमन्त्रीको हातबाट प्रतिष्ठानको पूर्व समादेशक तथा पूर्व प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतको उल्लेखीय योगदानको कदर गर्दै Lifetime Achievement Award प्रदान गरियो ।

समारोहमा मन्तव्य व्यक्त गर्दै माननीय गृहमन्त्री रामबहादुर थापा बादलले अपराध अनुसन्धानमा नेपाल प्रहरी गतिशिल, निष्पक्ष र सक्षम रहेको तथा न्याय प्राप्तिका लागि उठाउने हरेक कदममा सरकार नेपाल प्रहरीको साथमा रहेको उल्लेख गर्दै प्रहरी अधिकृतहरुलाई व्यतिगत जीवनमा समेत सचेत भई अगाडि बढ्न गृहमन्त्री थापाले निर्देशन दिनुभयो भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद् ज्ञापन गर्दै प्रहरी निरीक्षकको रूपमा प्रवेश गर्ने प्रहरी अधिकृत नै भविष्यमा संगठनको नेतृत्व सम्हाल्दै मुलुक र नागरिकका लागि उपयुक्त प्रहरी सेवाको प्रबन्ध गर्न जिम्मेवार हुने भएकोले प्रहरी निरीक्षक आधारभूत तालिम सदैव संगठनको उच्च प्राथमिकताको विषय भएको बताए  ।

यसै अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले पिजीडिपीएस कार्यक्रमको सान्दर्भिकताको चर्चा गर्दै मास्टर ईन पुलिस साइन्स कोर्स संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट प्रतिष्ठानलाई स्वीकृति प्राप्त भईसकेको बताए ।

समारोहमा यस प्रतिष्ठारनका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त र गर्नुभएको प्रहरीको वास्तविक परीक्षा कार्यक्षेत्रमै हुने भएकाले प्रशिक्षणको दौरानमा सिकेका ज्ञान र गुणहरुलाई अक्षुण्ण राखी सगठनको सस्थागत स्मरणलाइ आत्मासाथ राखी प्रभावकारी र परिणाममुखी प्रहरी सेवा दिन सबै दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई सफलता मिलोस् भनि शुभेच्छा प्रकट गरे ।


उक्त दीक्षान्त समारोहमा माननीय महान्यायाधिबक्ता अग्नीप्रसाद खरेल, माननीय सांसदहरु, गृह सचिव प्रेमकुमार राई, नेपाल सरकारका सचिवहरु, नेपाली सेनाका बलाधिकृत रथि, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन संकायका पदाधिकारीहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो । फोटो : नेपाल पुलिस एकेडेमी 

प्रतिकृया दिनुहोस्