Motivate News

यस्तो छ आज फागुन २ गतेको राशिफल

फागुन २, काठमाडौं– वि.सं. २०७५ साल फागुन २ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– नवमी, ९:४३ बजेउप्रान्त दशमी। नक्षत्र– रोहिणी, १७:३१ बजेउप्रान्त मृगशिरा। योग– वैधृति, २६:२२ बजेउप्रान्त विष्कम्भ। करण– कौलव, ९:४३ बजेदेखि तैतिल, २१:०६ बजेउप्रान्त गर। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृष, २९:१० बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २७ घडी ५१ पला। द्रोण नवमी। बैतडी गुजरमा बनारसी पूजा।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
वृष– सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।
मिथुन– मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।
कर्कट– मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
सिंह– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ ।
कन्या– कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला ।
तुला– उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
वृश्चिक– व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ, यात्रा घातक बन्न सक्छ ।
धनु– अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ ।
मकर– आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला ।
कुम्भ– दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
मीन– वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 11:46 देखि 12:46 सम्म छ, यो समय चन्द्र होराको हो / अन्तिमको केहि समय अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा र अभिजित मुहूर्त शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

राहु काल दिउँसो 1:41 देखि दिउँसो 03:04 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

मुंग, तिल वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई राम्रो छ /

प्रतिकृया दिनुहोस्