Motivate News

हावाबाट पनि आम्दानी गर्न सकिने प्रम ओलीको दावी

फागुन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ वर्षे कार्यकालमा विपक्षीहरुले धेरै आलोचना गरे पनि जनताको पक्षमा दूरगामी महत्वका काम भएको बताउएका छन् ।

सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरवारमा आयोजित ‘वर्तमान सरकारको एक वर्ष, संघीयता, सुशासन र समृद्धिको आधार वर्ष’ विषयक कार्यक्रममा उहाँले यसबीचका प्रगतिले विश्व चकित भएको दाबी गरे।

‘छिमेकी नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको र विश्वले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले थपे–नयाँ उद्योग स्थापना हुँदै गरेका छन्, विदेशी लगानीको वातावरण बन्दै आएको छ, विदेशिने नेपालीको संख्यामा ३९ दशमलव १ प्रतिशत कमी आएको छ, भूकम्पपछिको पुननिर्माणले गति लिएको छ ।’आफूले गरेका राम्रो काम पचाउन नसकेर विपक्षीले आलोचना गरेकोप्रति प्रश्न उठाउँदै उहाँले विगत एकवर्षमा विकासका आधार तय भएको र बाँकी ४ वर्षमा घोषित प्रतिवद्धता र योजनाहरु पूरा गरेर छोड्ने अठोट गरे

सरकारबारे नकारात्मक टिकाटिप्पणी गर्न छोडेर राम्रा कामको प्रशंसा गर्न आग्रह गर्दै उहाँले प्रदेशलाई १७ र स्थानीय तहलाई २१ वटा कानुन बनाएर सहयोग गरेको, अस्तव्यस्त भएको राज्य संयन्त्रलाई सही दिशामा ल्याएको र संघले २५ वटा कानुन पारित गरेको जानकारी दिए ।

१ घण्टा लामो सम्बोधनका क्रममा उहाँले सुन तस्करी नियन्त्रण हुँदै गरेको र कुनाकाप्चाबाट भ्रष्टाचार गर्न खोज्नेहरु सरकारसँग क्रोध भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले हावाबाट पनि आम्दानी गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्