Motivate News

प्रदेश २ मन्त्री–सचिवको कुटाकुट अर्का मन्त्रीको उक्साहटमा भएको खुलासा

 

फागुन ४, काठमाडौं । उद्योग वन पर्यटन र वातावरणमन्त्री रामनरेश राय यादवकै उक्साहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको खुलेको छ।

पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार पारेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ।

स्रोतका अनुसार मन्त्री–सचिवबीच टकराव र कुटाकुटको अवस्था उद्योगमन्त्री रायले गराएको उल्लेख छ। मन्त्री–सचिवबीच कुटाकुटपछि आन्तरिक मामिलामन्त्री यादवको संयोजकत्वमा गठन भएको समितिमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाल सदस्य छन्। कर्मचारी आन्दोलनमा उत्रिएपछि समितिमा कर्मचारी संगठनलाई पनि समावेश गरिएको थियो।

प्रतिकृया दिनुहोस्