Motivate News

ओली सरकार पुरै असफल : कांग्रेस नेता महत

फागुन ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्।

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाए।

‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए। देश समृद्ध भयो तरु भएन नि,’ उनले भने।

उनले मूल्यवृद्धि आकासिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गर्दै भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो। कर बढिरहेको छ। बैंकको व्याजदर बढिरहेको छ।’

त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए। महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे। महतले भने, ‘सुशासनको त कुरै नगरौं। सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गइसक्यो। चिनी काण्ड त्यस्तै। वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रूपमा हेरिरहेका छौं।’

प्रतिकृया दिनुहोस्