Motivate News

द कपिल शर्मा शोबाट हटाइएका होइनन् विषेश कारणले छोडेको हुँ : नवजोज सिहं सिद्ध

काठमाडौँ – भारतको कश्मीरमा भएको आतंवादी आक्रमणछि एक विवादित बयानका कारण द कपिल शर्मा शोबाट हटाइएका भनिएका नवजोज सिहं सिद्धले आफुले विषेश कारण शो छोडेको बताएका छन् ।

सिद्धुले शो छोड्ने आफ्नो निर्णय भएको बताएका छन् । एक कुराकानीमा सिद्धले भने, ‘एक राजीतिक दायित्व पूरा गर्ने भूमिकामा भएकाले मैले द कपिल शर्मा शो को शूट्स छोडेको हुँ । म विधानसभाको बैठकमा सहभागी हुनुपर्ने थियो ।

जसका कारण मैले शूटिंगका लागि समय दिन नसक्ने अवस्था बन्यो । यसै कारण उनीहरुले दुई एपिसोड्सका लागि मेरो रिप्लेसमेन्ट खोजेका हुन् । मलाई शोबाट हटाएको विषयमा कुनै टर्मिेशन लेटर आएको होइन ।’

गएको बिहीबार जम्मू–कश्मीरको श्रीनगर राजमार्गको पुलवामा जिल्लामा भारीय सुरक्षाकर्मी सीआरपीएफको डप्फामा आतंकवादी आक्रमण भएको थियो । जसमा ४० भन्दा धेरै सुरक्षाकर्मी मारिएका थिए ।

यही विषयमा सिद्धुले विवादित बयान दिएका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । यहीबीचमा उनले द कपिल शर्मा शो छोडेका थिए ।

प्रतिकृया दिनुहोस्