Motivate News

आजको राशिफल

फागुन ८ काठमाडौं – वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– प्रतिपदा, १९:२८ बजेउप्रान्त द्वितीया। नक्षत्र– मघा, ९:२० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– अतिगण्ड, ८:५३ बजेदेखि सुकर्मा, २९:४८ बजेउप्रान्त धृति। करण– वालव, ८:३८ बजेदेखि कौलव, १९:२८ बजेपछि तैतिल, ३०:२० बजेउप्रान्त गर। आनन्दादिमा चर योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी १४ पला।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।
वृष– अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । ।
मिथुन– टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।
कर्कट– गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला ।
सिंह– अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ ।
कन्या– श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।
तुला– दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।
वृश्चिक– बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।
धनु– पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।
मकर– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।
कुम्भ– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।
मीन– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला ।

बिशेष काम गर्ने राम्रो समय दिउसो 02:41 देखि 03:41 सम्म छ यो समय चन्द्र होराको हो ।

राहु काल मध्यान्न 12:08 देखि दिउँसो 1:42 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

प्रतिकृया दिनुहोस्