Motivate News

एआइबिटी प्रकरण : पानी माथिको ओभानो बन्न खोज्यो एक्स्पर्ट, यसरी पर्दाफास भयो उसको झुट

काठमाडौँ – अष्टे«लियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेको छ । अष्टे«लियन नर्सिङ एण्ड मिडवाइफरी एक्रिटिडेशन काउन्सिल (एनम्याक) ले उक्त कलेजलाई नर्सिङ अध्यापनको सम्बन्धन नदिएपछि नर्सिङ पढ्न गएका विद्यार्थीको भविश्य अन्योल भएको हो । यसविच समस्यामा परेका विद्यार्थीहरुले मिडियाका मार्फत कन्सल्टेन्सीहरुले २÷४ लाख रुपैया कमाउनका लागि सम्बन्धननै नपाएको कलेजहरुमा आफूहरुलाई पठाएर अन्याय गरेको भन्दै यसमा मुख्य दोसी कन्सल्टेन्सीहरु रहेको आरोप लगाएका छन । उक्त कलेजमा नेपालका विभिन्न कन्सल्टेन्सीहरुबाट विद्यार्थीहरु गएपनि विद्याथीहरुलेनै सबैभन्दा धेरै एक्स्पर्ट र मार्सि एजुकेशन कन्सल्टेन्सीबाट विद्याथीहरु उक्त कलेजमा पुगेको बताएका छन ।

विद्यार्थीहरुको उक्त भनाई बाहिरिएपछि धेरै विद्यार्थी पठाउने मध्यको एक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले हतार हतार एक विज्ञप्ति जारी गर्दै एआइविटीमा आफूले नपठाएको बरु आफ्नो जस्तै नाम भएको अन्य कुनै कन्सल्टेन्सीले पठाएको होला भन्ने आशयका साथ त्यसमा घुमाउरो भाषामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । एक्स्पर्टका निर्देशक बद्रि अर्यालको हस्ताक्षरमा विज्ञप्ति बाहिर आएपछि हामीले यसको सत्य तथ्य बुझ्यौँ । यसबाट एक्स्पर्टको नाम जुधेको होइनकी एआइविटी प्रकरणबाट राम्रै धक्का खाने देखेपछि एक्स्पर्टलेनै बदमासि गरेको खुल्न आएको छ । यस अघि एक्स्पर्टले आफूले काम गर्ने कलेजहरुको प्रचारात्मक विज्ञापनहरुमा स्पष्ट रुपमा एआइविटीको लोगो राखेर प्रचार गरेको स्पस्ट देख्न सकिन्छ ।

एक्स्पर्टको विज्ञप्ति पस्चात हामीसंगको सम्पर्कमा आएका एक विद्यार्थीले एक्स्पर्टले आफ्नो गल्तीमा चोखिनको लागि अर्को झुटको खेती गरेको आरोप लगाए । उनले भने, हमीलाई परेको समस्यामा जिम्मेवारी लिएर सहयोग गर्नुत कता हो कता उल्टै भ्रमपूर्ण प्रचार गरेर हाम्रो पिडामा नुनचुक छर्नेकाम भएको छ ।
एक्स्पर्टको विज्ञप्ति, विद्यार्थीको धारणा र उसका पुराना व्यवहारहरुबाट एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्ले विद्यार्थीहरुको भविश्यमा कति कपटपूर्ण खेलवाड गरिरहेको रहेछ भन्ने पुष्टि हुन्छ ।

प्रतिकृया दिनुहोस्