Motivate News

एआइबिटी प्रकरणमा बोल्यो फेकन, सरोकारवालालाई यस्तो आग्रह

काठमाडौँ – काठमाडौँ – अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेपछि उक्त समस्या समाधानका लागि आवश्यक पहल कदमी गर्न सरोकारवाला निकाएलाई स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले आग्रह गरेको छ । फेकनका अध्यक्ष युवराज कटुवालले एक प्रेस विज्ञप्तिमा समस्या सुरु भएदेखिनै समाधानका लागि फेकन निरन्तर लागि रहेको बताइएको छ ।

फेकनले उत्पन्न परिस्थितिको समाधानका निम्ति विद्यार्थी, अभिभावक, सरोकारवाला निकाय, मिडिया लगायतलाई धैर्यता पूर्वक यस समस्या समाधानका लागि सहयोग र सकृयता देखाउन समेत आह्रवान गरेको छ ।

यस्तो छ फेकन अध्यक्ष युवराज कटुवालद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

अष्ट्रेलियाको सिड्नी तथा ब्रिसबेनमा अवस्थित अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एंड टेक्नोलोजी (AIBT) कलेजमा हाल देखिएको समस्या र यस वाट आम नेपाली बिद्यार्थीहरुमा पर्न गएको असर तथा यस सम्बन्धमा विभिन्न संचार माध्यममा आएका समाचार प्रति यस स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थस् सम्पूर्ण बिद्यार्थी, अभिभावक, संचारकर्मी तथा अन्य सम्पूर्ण सरोकारवाला समक्ष यो बिषय प्रष्ट पार्न चाहन्छौं ।

अष्ट्रेलिया नेपाली बिद्यार्थीहरुको एउटा प्रमुख तथा लोकप्रिय अध्यायन गन्तव्य रहेको सबैलाई सर्वबिदितै छ । अस्ट्रेलिया स्थित शैक्षिक संस्थाहरुले RTO दर्ता भएर Commonwealth Register of Institutions and Courses for Overseas Students (CRICOS) बाट अनुमति पाए पछि अध्यापन अनुमति पाएका बिषयहरुमा अन्तर्राष्ट्रिय बिद्यार्थीहरु भर्ना गर्न पाउने प्रावधान छ तथापी नर्सिङ्ग लगायत केहि प्राविधिक बिषयका निम्ति Australian Nursing and Midwifery Accreditation Council (ANMAC), The Australian Health Practitioner Regulation Agency (AHPRA) तथा The Nursing and Midwifery Board of Australia (NMBA) जस्ता नियामक निकायवाट स्वीकृत हुनु आवश्यक हुन्छ ।

कलेजको दर्ता र एक्रिडिटेसन फरक प्रक्रिया हुन् । ए. आइ. बि. टि. कलेजको सम्बन्धमा उक्त कलेजले ANMAC स्वीकृतिको प्रक्रियामा गए पनि विविध प्राविधिक तथा आन्तरिक कारणले ANMAC स्वीकृति नपाएको हुनाले हालको समस्या निम्तिएको हो । पछिल्लो चरणमा Australian Skills Quality Authority (ASQA ) ले ए. आइ. बि. टि. कलेजको दर्ता निलम्बन गरेको गरेको हुनाले बिद्यार्थीहरुमा अन्यौलता छाएको हो । ASQA को उक्त निर्णय बिरुद्ध Administrative Appeals Tribunal (AAT) मा अपिल गर्न ए. आइ. बि. टि. कलेज संग २८ दिनको समय छ साथै यस समस्या समाधानका निम्ति अन्य धेरै विकल्प पनि छन् । अस्ट्रेलियन सरकारले ESOS  ACT अन्तर्गत ट्युसन फि प्रोटेक्सन सर्भिस अन्तर्गत बिद्यार्थीको शिक्षण शुल्कको ग्यारेन्टी गरेको हुन्छ । तसर्थ, आहिले ए. आइ. बि. टि. कलेजमा देखा परेको समस्या समाधाननै नहुने समस्या भने बिल्कुल होइन । यसका निम्ति विभिन्न विकल्पहरु अझै बाँकी छन् र यो समस्या निराकरण गर्न हामि शैक्षिक परामर्श संघको छाता संगठन फेकन, अस्ट्रेलियन सरकार, नेपाल सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास लगायत विभिन्न संघ संस्थाहरु अन्त्यन्तै गम्भिरतापूर्वक क्रियाशील भएको अवस्थामा हामि समस्त बिद्यार्थी, अभिभावक, संचारकर्मी तथा अन्य सबै सरोकारवालाहरु समक्ष केहि समय धैर्य रहन तथा सम्पूर्ण बिधार्थिहरुलाई नियमित पठनपाठन सुचारु गर्न पनि हार्दिक अनुरोध गर्दछौं । यो समस्या समाधानका निम्ति यस संघले निरन्तर गम्भीर पहल गरिरहेको पनि सबैमा जानकारी गराउन चाहन्छौं साथै यस समस्या संग सम्बिन्धित कुनै पनि बिषयको बारे जानकारी लिनु परे यस संघ को इमेल [email protected] वा यस संस्थाको सम्पर्क नं ०१ ४४१२९५४ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गर्दछौं ।

आगामी दिनमा यस्ता प्राविधिक बिषयहरुमा सम्पूर्ण नियामक निकायवाट अनुमतिरसम्बन्धन प्राप्त गरेका शिक्षण संस्थाहरु लाइ मात्र उक्त बिषयहरु अध्यापन गराउन अनुमति दिन अस्ट्रेलियन सरकार तथा नेपाल सरकारका सम्बिन्धित निकायहरुमा जोडदार माग गर्दछौं साथै एआइ बि टि मा समस्यामा परेका सम्पूर्ण विद्यार्थीहारुलाई उचित क्रेडिट ट्रान्सफरको ब्यावस्था सहित एक्रिडेटेड नर्सिङ्ग कार्यक्रम यथासक्य समायोजन गरि अविलम्ब उक्त समस्याको हल गर्न ए. आइ. बि. टि. कलेज, अस्ट्रेलियन सरकार तथा सम्पूर्ण सम्बिन्धित सरोकारवाला निकाय संग यस स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) जोडदार माग गर्दछ ।

युबराज कटवाल
अध्यक्ष
स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) 

प्रतिकृया दिनुहोस्