Motivate News

यस्तो छ आज फागुन ११ गते शनिबारको राशिफल

फागुन ११ , काठमाडाैं – वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्थी, १३:२४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– चित्रा, २८:११ बजेउप्रान्त स्वाती। योग– गण्ड, २१:३१ बजेउप्रान्त वृद्धि। करण– वालव, १३:२४ बजेदेखि कौलव, २४:३७ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– कन्या, १६:३५ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २६ पला।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

मेष– रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।
वृष– आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित रहला ।
मिथुन– कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।
कर्कट– शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
सिंह– काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।
कन्या– काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।
तुला– नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला ।
वृश्चिक– पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
धनु– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
मकर– नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।
कुम्भ– अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।
मीन– व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 09:28 देखि 10:53 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

राहु काल बेलुका 12:39 देखि 01:39 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

प्रतिकृया दिनुहोस्