Motivate News

१२ तस्बिरमा हेर्नुस् भक्तपुर दरबार क्षेत्रमा जे देखियो !!

काठमाडौं – भुकम्प गएको ३ बर्ष भन्दा बढि भैसक्दा पनि अझै पुनर्निर्माण काम सकेको छैन । भक्तपुरका एक सय १६ वटा मठमन्दिर र सम्पदा स्थलमा पनि आंशिक र पूर्ण रूपमा क्षति पुगको छ भने भक्तपुर नगरभित्र मात्रै ६७ पूर्ण र ४९ वटामा पूर्ण क्षति भएका थिए । यसमध्ये केही सम्पदा पुनर्निर्माण भैसकेको छ भने केहि निर्माणाधीन छन्।

विश्व सम्पदा सूचीमा परेका क्षेत्र र त्यस वरपरको एक सय मिटरको क्षेत्रलाई ‘सम्पदा क्षेत्र’ भनिन्छ । सम्पदा क्षेत्रमा नीजि घर भएका मानिसलाई पुरानै मापदण्डमा रहेर घर बनाउन आग्रह गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठ बताउँछन् । सम्पदा क्षेत्रको कसरी संरक्षण गर्ने भन्नेवारे तत्काल ‘मेकानिज्म’ त छैन । सरकारले त्यस क्षेत्रका मानिसलाई पुरानै शैलीमा घर निर्माण गर्न निर्देशन दिइसकेको छ ।

प्राथमिकताका आधारमा राष्ट्रिय महत्वको सम्पदा पहिलो प्राथमिकतामा राखेर पुनर्निर्माण गर्ने काम भइरहेको छ । ‘सिरियस ड्यामेज’ भएको चाँगुनारायणको मन्दिरको पुनर्निर्माण सकेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले त्यसपछि भक्तपुरको गणेश मन्दिर र तलेजु मन्दिर तथा थिमी वोडेको महालक्ष्मी मन्दिर, थिमी चोडेको गणेश मन्दिरको पुनर्निर्माण भइसकेको छ भने अन्य मठमन्दिरहरु निर्माणाधीन छन्।

प्रतिकृया दिनुहोस्