Motivate News

स्व. रविन्द्रकी पत्नीले लेखिन मन छुने कविता : बीच बाटोमै मलाई छोडी गयौ किन रबीन्द्र

आकाश कालो, दिनै धुम्म
आज फागुन पन्ध्र,
बीच बाटोमै मलाई छोडी
गयौ किन रबीन्द्र १ पूजा सार्दम ठीक पार्दे’र
बिदा गरेँ आजै,
पाथीभरा देवीको टीका
निधारमा छ ताजै । मन्त्री भई एक वर्ष भो
घर समेत व्यस्त,
मुटु मेरो नौ चिरा भो
हेलिकप्टर खस्ता ।     विराज रुन्छ, स्वराज रुन्छ
बाबा मेरो खोई भनी
हाँस्तै ग’का सातै जना
फर्किएनन् कोही पनि । नराम्रोमा नाम मुछ्या
मेटाउँछु भनी भन्थ्यौ,
केही सालमै पर्यटनलाई
चुल्याउँछु पनि भन्यौ । कलंकलाई पखाल्ने आशा
आज सेलाइगयो,
पोखराको बल्दो दीप
४९ मै बिलाइयो । पाथीभरा माईलाई हेर्दै,
अन्तिम फोन गर्‍यौ तिम्ले,
बेलुकीसम्म आउँछु भन्थ्यौ
भरोसा नै हर्‍यौ तिम्ले । बादल कालो मडारिएको
गडबड थियो साह्रै मौसम,
आधा जिन्दगीमा लुट्यो
दैवले प्यारो खसम । अवलोकन गर्न ग’को
विमानस्थल बनाउनलाई,
गौतम बुद्ध एअरपोर्ट के भो
रहेनौ नि सुनाउनलाई । ईन्द्र–लक्ष्मी कोखबाट
जन्मिएका २६ सालमा,
देशको सेवा गर्दा गर्दै
बिदा लियौ अकालमा । योजनाका द्रष्टा थियौ
सदैब सदाचारी,
इतिहासमा सीमित रह्यौ
रबीन्द्र अधिकारी ।

प्रतिकृया दिनुहोस्