Motivate News

हेलिकोप्टर दुर्घटनापछि उद्धारमा साहसिक काम गरेको भन्दै ४६ सेनालाई सम्मान

फागुन १७ काठमाडौं- बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा साहसिक काम गरेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न दर्जाका ४६ सेनालाई सम्मान गरेका छन्।

सेनाप्रमुखले शुक्रबार उनिहरुलाई प्रधानसेनापति प्रसंसा निशान प्रदान गरेका हुन्। सम्मानित हुनेमा काठमाडौंका विभिन्न युनिटमा काम गर्ने १६ जना छन्।

दुर्घटना पश्चात हेलिकोप्टरको खोज तथा उद्धारका लागि खटिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौषममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै उक्त सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

हेलिकप्टर दुर्घटनामा सेनाका एक जमदार तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरेको पनि निधन भएको थियो।

प्रतिकृया दिनुहोस्