Motivate News

कविता : डाँडामा हिउँ पर्दा सम्झिन्छु

हिउदमा हिमालमा हिउ पर्दा –
म मेरो बालापन सम्झिन्छु
जुन सेता हिमालहरुले मलाई
आगनिको दिलमा आएर
ढुकढुक कमाउदै
हिउ आयो माघ बुढाबुढी भाग
भने गीत गाउदै
कम्मरमा हात राखेर नाचेको
झलझली डाडामा हिउ पर्दा सम्झिन्छु !

आमाबुवाको आँखा छलिछली
त्यो हिउ सग खेलेको
र चिसोले ज्वरो आउँदा समेत
हिउ परेको आगनिमा उफ्री रहन्थे
जब म
सानो थिए डर लाग्ने कुरा गर्‍यो कि
डर लागि हाल्थ्यो
हिउमा खेल्दा ज्वरो आउछ
भने थाहा पाएपछी सु -गर्ने पनि
घरको ढोका बाट नै तुइक्याएको
डाडामा हिउ पर्दा सम्झिन्छु !!

जब म लेख बेसी धाउन सक्ने भए
तब मेरी आमाले मलाई चिसोमा
कतै जान दिनुभएन
गएको दिन आँखा छलेर जाने गर्थे
उकालो बाटो सिधा लाग्न थाले
कालो र हरियाली बाटो सेतो देख्थे
रमाइलो पनि लाग्थ्यो
जब म लेख पुगेर घर फर्किन्थे
तब म बिस्तारै हिडथे
हातमा महिको बाल्टिन हुन्थ्यो
कहिलेकाही हिउमा चिप्लिने गर्थे
बाजेले हाल्दिएको महिको बाल्टिन
हिउ सगै मिसिने गर्थ्यो
आफनो छातीमा चोट लाग्थ्यो
चिसोले फाटेका हातहरुमा
रगत बग्दा
त्यती खेर सम्झिन्थे
अब कहिले लेखे आउन
यि दिनहरुले रमाइला लाग्छन
डाडामा हिउ पर्दा सम्झिन्छु !!!
धन्यवाद …

प्रतिकृया दिनुहोस्