Motivate News

कर्णालीको ब्यथा, सिंहदरवारलाई के थाहा ?

कविता – हातमा नाम्लो अनी
पिठिउमा च्यातिएको झोलामा
रुमालको छेउमा २ वटा रोटी
अनी कोरो नुन र खुसानीको
अचार सगै बिहानको
मिरमिरे उज्यालो सगै
ति आमाबुवा अनी
भाईबहिनी लाई नियालेर
हेर्दै निस्किन्छ
त्यो भरिया बालक !

जीवन के हो भनेर
जिउदै छ उ
छण् केजी को भारी
पिठिउमा बोकेर नै आफनो
जीवनयापन गर्ने काम गर्छ
लाखौं सपना रचेर बसालेको छ
त्यही भारी सग
दुस्ख कस्ट पनि त्यही
भारी सग नै बिताएको छ
लाखौं पिडाहरु त्यही
भारी सगै नै भोकेको छ
त्यो भरिया बालक !!

उसलाई इस्कुल के हो
थाहा छ तर मन एकदिनको
छाकमा अल्झिरहेको छ
उसलाई पढन पनि मन लाग्छ
तर के गर्नु
बिचराको दिन नै त्यो
सानो बजार मा बित्छ
उ दिनै पिच्छे पढिरहन्छ
ति दुस्खका पाठहरु
त्यो भरिया बालक !!!

बिचरा कहिले गोडा दुख्छ होला
कहिले ढाड दुख्छ होला
त कहिले सबै शरीर नै दुख्छ होला
तर पनि
उ आँफै भुल्ने गर्छ मनका चोटहरु
न थकाई नै मार्ने समय पाउछ
न तिर्खा नै
समय त्यो सग हैन
त्यो समय सग हिडने गर्छ
त्यो भरिया बालक !!!!

प्रतिकृया दिनुहोस्