Motivate News

“माया झ्याँई झ्याँई झ्याँई” को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – शिखर फिल्मस् को प्रस्तुती सृजल श्रेष्ठको “माया झ्याँई झ्याँई झ्याँई” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सिता राणाको शब्द, शिशिर श्रेष्ठको संगीत, विशाल निरौलाको एरेञ्ज तथा एन्जिला रेग्मी र विशाल निरौलाको स्वर रहेको छ ।

“माया झ्याँई झ्याँई झ्याँई” गीतको म्युजिक भिडियो भने निश्चल केसीले निर्देशन गरेका हुन् । भिडियोमा शिशिर श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको छ । ग्यानेन्द्र शर्मा हुमागाईँले क्यामेरा खिचेका हुन् भने भिडियोको कोरियोग्रापर राजिब सागर तथा सम्पादन अमृत चापागाईँले गरेका हुन् । म्युजिक भिडियो जनता डिजिटल फिल्मस् मार्फत सार्वजनिक भएको हो ।

प्रतिकृया दिनुहोस्