Motivate News

शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी स्विकार्य, ५० हजार डलरसम्म लगानी गर्न पाउने

काठमाडौँ – शैक्षिक परामर्श क्षेत्रमा बैदेदेशीक लगानी स्विकार्य भएको छ । कुनैपनि विदेशीले नेपालमा शैक्षिक परामर्श क्षेत्रमा लगानी गर्न चाहेमा कम्तीमा ५० लाख नेपाली रुपैया लगानी गर्नुपर्ने भएको छ ।

उद्योग मन्त्रालयले व्यवस्थापिका संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो कुरा उल्लेख गरिएको हो ।

विधेयकको अनुुुसुची ६ मा भनिएको छ, “नेपाल सरकारले तोकेको भन्दा कम लगानी हुने शैक्षिक परामर्श व्यवसाय दिने संस्थाहरू, भाषा तालीम, संगीत तालीम र तोकिएको रकमभन्दा कम विदेशी लगानी भएकामा पाउने छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन २०४९ मा न्युनतम ५० हजार अमेरिकी डलरलाई मात्र विदेशी लगानीको रुपमा भित्र्याउन सकिने व्यवस्था थियो । सोही व्यवस्थालाई अहिले संसदमा पेश भएको विधेयकले पनि निरन्तरता दिएको हो ।

यदी यो विधेयक जस्तोको तस्तै संसदबाट पारित भएको खण्डमा सानो लगानीले धेरै प्रतिफल दिने शैक्षिक परामर्श क्षेत्रमा शैदेशिक लगानी भित्रिनेछ ।

प्रतिकृया दिनुहोस्