Motivate News

शैक्षिक परामर्श क्षेत्रमा वहस : वैदेशिक लगानी कति आवश्यक ?

काठमाडौँ – प्रतिनिधि सभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएसंगै शैक्षिक परामर्श क्षेत्र गर्माएको छ । उद्योग, बार्णिज्य तथा आपुर्ति मन्त्रालयले संसदमा दर्ता गरेको विद्येयकको अनुसुची ६ मा शैक्षिक परामर्श व्यवसायमा पनि बैदेशिक लगानी भित्राउन सकिने उल्लेख भएपछि यो क्षेत्र तातेको हो ।

केही शैक्षिक परामर्शदातृ संस्थाहरुले सरकारले शैक्षिक परामर्शमा क्षेत्रमा आउने वैदेशिक लगानी रोक्न राजनीतिक पहल गरिरहेका छन भने केही परामर्शदाताहरु भने परामर्श क्षेत्रमा बैदेशिक लगानी स्वागत योग्य भएको बताइरहेका छन् ।

हालैमा अष्ट्रेलियास्थित एआईबीटी कलेजको दर्ता खारेजीले हजारौं नेपाली विद्यार्थीहरुको भविष्य अन्योलमा परेको खबर बजारमा आएको बेला यस्तो बहसले प्राथमिकता पाएको हो । यो घटनाले नेपालको शैक्षिक परामर्श क्षेत्रमा सुधार एवम् सुशासन आउन निकै जरूरी छ भन्ने कुरा प्रष्ट पारेको र ठुला शैक्षिक संस्था नेपालमा आउँदा यस्ता खालका समस्या नआउने एक शैक्षिक परामर्शदातृ संस्थका सञ्चालकले बताए ।

नेपाल सरकार मन्त्री परिषद्बाट पारित भएर संसदमा पेश भएको बिधेयकले शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी बनाउने गरी बिदेशी लगानीलाई प्रोत्साहान दिएको एक ब्यवसायीले बताए ।

यता शैक्षिक परामर्श क्षेत्रमा बिदेशी लगानी भित्रनु हुँदैन भन्दै इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे लगायतले ओकालत गरिरहेका छन । पाण्डेले आफ्नो राजनीतिक पहुँचका केहि नेताहरुलाई गुहार्दै परामर्श क्षेत्रमा बैदेशिक लगानी आवश्यक नभएको बताइरहेका छन र विधेयक संसोधन गर्न आग्रह गरिरहेका छन ।

राष्ट्रिय शैक्षिक परामर्श संघका संयोजक सन्तोष प्याकुरेल यो क्षेत्रमा आउने ठूलो वैदेशिक लगानीलाई रोक्न उचित नहुने बताउँछन् । उनले विदेशी शैक्षिक परामर्शदाताबाट धेरै व्यवसायिक कुराहरु सिक्ने अवसर पाइने र त्यसले विदेशी सीप, ज्ञान र प्रविधि भित्र्याउन सकिने बताए ।

प्रतिकृया दिनुहोस्