Motivate News

प्यावसनमा काँग्रेसको चलखेल, समाचारको विषयलाई लिएर मोटिभेटका सम्पादक आचार्यलाई धम्की

काठमाडौँ – प्यावसनको जारी महाधिवेशनमा टिका पुरीको अध्यक्षतामा सर्वसम्बत नेतृत्व चयन भएको समाचार बाहिर आएपछि त्यसलाई रोक्न नेपाली काँग्रेसले सकृयता देखाएको छ । अध्यक्षका प्रत्यसी टिकाराम पुरीसंगको टेलिफोन बार्ताका आधारमा ओटिभी नेपालले ‘प्याब्सन अध्यक्षमा टिकाराम पुरी निर्वाचित’ तथा मोटिभेट न्यूजमा प्याब्सनको नयाँ नेतृत्वमा सहमति, पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी  शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि प्यावसनसंग कुनै साइनो सम्बन्ध नै नरहेका नेपाली काँग्रेसका प्रबक्त्ता विश्वप्रकाश शर्माका सचिवालयका सदस्य किरण खनालले ओटिभी नेपालका अध्यक्ष तथा मोटिभेट न्यूज डटकमका प्रधान सम्पादक शिवशक्ति आचार्यलाई टेलिफोन गरि समाचार झुटो भएको र तत्काल डिलेट गर्न धम्की दिएका छन । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत उक्त समाचार सेयर गर्दै प्यावसनको चुनावलाई प्रभावित गर्न एमालेका दुई कौडिका पत्रकारको प्रोपोकाण्डा भन्दै स्टाटस लेखेका छन । पछि सो विषयमा कुराकानी गर्न काँग्रेस प्रवक्ता शर्मालाई टेलिफोन गर्दा उनको टेलिफोन उठेन ।

सोही विषयमा प्यावसन अध्यक्षका अर्का प्रत्यासी डिके ढुंगानालाई सम्पर्क गर्दा उनले सर्वसम्बतमा सहमति भइनसकेको यद्यपी सर्व सहमतिको प्रयास जारी रेहेको प्रतिकृया दिए ।

हर्नुहोस काँग्रेस प्रबक्ता शर्माको सचिवालाय सदस्य किरण खनालको स्टाटस

प्याब्सनको नयाँ नेतृत्वमा सहमति, पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी

प्रतिकृया दिनुहोस्