Motivate News

प्याब्सनमा पुरीको नेतृत्वमा सर्वसम्मत कार्यसमति चयन, कुन पदमा को ?

काठमाडौँ –  निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १४ औ राष्टि«य महाधिशन सम्पन्न भएको छ । काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठान कमलादीमा आज सम्पन्न महाधिवेशनले टिकाराम पुरीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिती चयन गरको छ ।

आगामी २ बर्षका लागी निर्वाचित नयाँ कार्यसमितीमा प्याब्सनको विधाननै परिमार्जन गरेर निवर्तमान बरिष्ठ उपाध्यक्ष डिके ढुगांनालाई सह अध्यक्ष बनाइएको छ भने निवर्तमान महासचिव राजेन्द्र बानिँया बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । खुल्ला उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, इश्वर गुरुङ, गोपाल आचार्य, टंक भट्टराई, दीपीका थापा र टी आर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कुमार घिमिरे, कोषाध्यक्षमा सन्तोष न्यौपाने, उपमहासचिवमा आर वी कटुवाल र किशोर गौतम निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्