Motivate News

मनोज बिष्टको निर्देशनमा गायक कर्माको नयाँ गीत ‘आगो र पानी’को यस्तो बन्यो भिडियो !

 काठमाडौं – गायक कर्मा ग्याल्चेन बम्जनको  नयाँ गीत ‘आगो र पानी’ सार्वजनिक भएको छ । गीतकार आर बि खड्काको शब्द तथा कर्मा ग्याल्चेन बम्जनको संगीत रहेको यो गीत म्युजिक भिडियो संगै शुक्रबार युट्युव मार्फत सार्वजनिक भएको हो ।
यस गीतको भिडियो मनोज बिष्टले निर्देशन गरेका छन् भने छायांकन प्रेमलामाले गरेको हुन् । यस गीतको भिडियोमा मोडल बिनु शाक्य, बिशाल थापा र प्रफुल्ल श्रेष्ठको सुन्दर अभिनय देख्न सकिन्छ । गीत एकदमै मिठो र भिडियो पनि सुन्दर ढंगले प्रस्तुत गरीएकोले श्रोता दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको निर्देशक मनोज बिष्टले बताए ।

हेर्नुस भिडियो 

प्रतिकृया दिनुहोस्